Posts

Male loneliness: Dostoevsky, Kafka and Bukowski - Dosti Regmi

Image
Male loneliness: Dostoevsky, Kafka and  Bukowski -Dosti Regmi "Crime and Punishment" is one of Dostoevsky's best literary works. Raskolnikov is the male protagonist of this novel. Out of his rationalism that if the end is good, the means doesn't matter and he kills a pawnbroker. Maybe he dreamt of being a hero like Napoleon who also was a common man before his rise. But then follows a deep psychological dilemma and turmoil. He is isolated and only after a tender love from another unfortunate but religious-minded Soniya he confesses and gets relieved of his turmoil. Dostoevsky's male character is isolated but finds solace in love. Franz Kafka was a prophet of Nihilism and doom. Gregor is the main character of Kafka's story - "The Metamorphosis". He works as a traveling salesman to provide money for his family. He wakes up one morning finding himself transformed into an insect. After the metamorphosis, Gregor becomes unable to work and is confined to...

खुसी। - दोस्ती रेग्मी

Image
खुसी हुन के नै चाहिँदो रहेछ र ? म हरेक बिहान, नयाँ दिन जिउन पाएँ भनेर खुसी हुन्छु। हरेक रात, आजको दिन काटेँ भनेर खुसी हुन्छु।

Ephemeral! Dosti Regmi

Image
Thought comes... Make sure it does not linger... If it lingers, What can you do? Don't fight it… You are not a fighter... That also shall pass... That will pass. Just wait and witness! The thought that comes shall go. Nature never loves things to eternity. Only eternity lives till eternity. Change is an everyday affair. In fact every moment´s affair. Your mind is just like your body. People practicing Vipassana know it, Just like sensations in your body that comes and goes... Sensations come and sensations go... You have a numb leg while meditating, don't walk it away... It will go away, all by itself. A sensation here and a sensation there. All just passes... Thoughts shall also pass. Wait and witness!!! Don´t fight it. Whatever you resist, persists! If someone complains about something today, Mark my word; He will complain the same thing till his deathbed! But the question is, will it survive his death.

कल्पना। -दोस्ती रेग्मी।

Image
मेरी प्रियसी, मेरो वास्तविक जिन्दगीमै आइदिएपछि, म बडो असमञ्जश्यमा परेको छु। मैले उसको बारेमा त्यति कल्पनै गर्न पाएको छैन। बस् उ निदाएको बेला म उसकै बारेमा कल्पिरहेको हुन्छु। दोस्ती रेग्मी। Painting:  Flaming June  by  Frederic Leighton .

सपनी र बिपनी। दोस्ती रेग्मी।

Image
सांसारका आठ अर्ब मान्छेका, आठ अर्ब सन्सार हुन्छ भन्छन्। मेरो पनि आफ्नै सन्सार छ। हरेक दिन म बिउझिँदा, मेरो सन्सार ध्यानमा बिउँझिन्छ। हरेक साँझ, त्यो रक्सीको प्यालामा निदाउँँछ। बिपनीको पनि आफ्नै सन्सार हुन्छ। निदरीको पनि आफ्नै सन्सार हुन्छ। बिपनी मैयाँको सन्झिने रोग छ। सपनी मैयाँको बिर्सिने रोग छ। दोस्ती रेग्मी।

Self-reflection. -Dosti Regmi

Image
Eyes can see the whole world, but it needs a mirror, a reflection, to see itself . The self observes the whole world, but to know the self, you need self-reflection.

यो भयानक अज्नवी संसारमा। -दोस्ती रेग्मी

Image
  यो भयानक अज्नवी संसारमा, तिमीलाई अलकति म जस्तै पाउँ... तिमीले मलाई अलिकति तिमीजस्तै पाउनु, त्यो भन्दा अरु के नै चाहियो र? - दोस्ती रेग्मी।

सहजकता र सजगतामा फरक हुन्छ।

Image
  सहजता र सजगतामा फरक हुन्छ। जब तिमी आफ्नो अशान्तिलाई आफै देक्छौ,  तिमी शान्त हुन्छौ। जब तिमी आफ्नो बेहोशीलाई आफैं  देक्छौ, तिमी होशमा हुन्छौ। जे. कृष्णमुर्ति ।

शान्त। डा. दोस्ती रेग्मी

Image
  सोचलाई सोचले कहाँ रोक्न सक्छ र? त्यो त हो-हल्ला हुन्छ। शान्त त फूल हुन्छ, त्यसको महक हुन्छ। चन्द्रमाको रोशनी हुन्छ। तलाउको पानी हुन्छ। दूध चुस्दा चुस्दै आमाकै अङालोमा निदाएको बालक हुन्छ। डा. दोस्ती रेग्मी

खुसी भएको अभिनय। डा. दोस्ती रेग्मी

Image
जिन्दगी कहाँ खुसी छ र? खुसी भएको अभिनय गर्नु पर्छ। अभिनय गर्दागर्दै जब क्यारेक्टरमै छिरिन्छ- तब जिन्दगीको मज्जा आउँछ। -डा दोस्ती रेग्मी

खुसी । दोस्ती रेग्मी

Image
लाग्थ्यो केहि पाएपछि मात्र मान्छे खुसी हुन्छ; अहिले बुझ्दै छु- केहि पाउनका लागि मान्छे खुसी हुनुपर्छ। दु:ख र असन्तुष्टिको बाटो यति कठोर हुन्छ तिमीलाई भेटेर आज बुझ्दै छु- कसै कसैलाई खुसी नहुने सहुलियत नै हुँदैन। खुसी हुनुको अर्को विकल्प नै हुँदैन। - दोस्ती रेग्मी।

रङिन अन्धकार। दोस्ती रेग्मी।

Image
  म हरेक श्वास लिँदा जन्मेको हुन्छु; म हरेक श्वास फल्दा मरेको हुन्छु। हरेक पल ... हर एक पल मेरा लागि स्वागत र बिदाई बीचको सन्ध्या हो। हर एक पल मेरा लागि स्वागत पनि र बिदाई पनि हो। संसारको यो रङिन अन्धकारमा, मेरो एक पल  अखण्ड ज्योती हो। Painting: Vale: Farewell by Arthur Hacker.

भ्रमर। दोस्ती रेग्मी

Image
  कति बस्नु  आफ्नै बिचारको बन्धक बनेर; माकुराजस्तो अफ्नै जालोमा आफै फसेर। जिन्दगी गुल्जार छ। जिन्दगीमा फुलेका फुलहरुमा बिचरण गर्दै छु; भ्रमर बनेर। सङ्ग्रह गर्ने मौरीसङ्ग त घारको मह मात्र हुन्छ; त्यो पनि कालान्तरमा कसैले चोरिदिन्छ। सबै मौसम, बगैंचा र फुलहरू त भ्रमरकै हुन्छ। दोस्ती रेग्मी।

आत्म मीमांसा। - दोस्ती रेग्मी।

Image
दुनियाँ देख्ने आँखाले आफैलाई देख्दैन। दुनियाँ बुझेको तिमीले के आफैलाई बुझ्यौ? दोस्ती रेग्मी। Sculpture : Introspection by  luka Izzo 

Truth. - Dosti Regmi

Image
  If you are searching for truth, you will surely find it. It is as real as the chair you are sitting on, as real as the breath you are taking, and the sight you are seeing. If you are in search of comfort, It brings the division between what is comfortable and what is uncomfortable. And in this judgement, you will miss the truth. Dosti Regmi. P ainting: Time unveiling Truth Winged Father Time unveils Truth, who is dressed in white and rests her foot on a globe, symbolising the Earth from which she has sprung. With her left hand, Truth unmasks Deceit, while with her right she gestures to the four cardinal virtues: Prudence, holding a snake; Temperance, carrying a water jug; Justice, with sword and scales; and Fortitude, who rests her elbow on a lion. The subject is based on the classical motto, ‘Truth is the daughter of Time’, meaning that truth becomes apparent through the passage of time.)

मौसम। दोस्ती रेग्मी

Image
एउटा मौसम आयो; मलाई रुझाएर गयो। अर्को मौसम आयो;; मलाई सुकाएर गयो। एउटा मौसम आयो; मलाई चिस्याएर गयो। अर्को मौसम आयो; मलाई न्यानो बनाएर गयो। तिमी मलाई रुवाएर जानू; फेरि हँसाएर पनि जानू। तिमी मलाई चित्त दुखाएर जानू; फेरि चित्त बुझाएर पनि जनू। प्रिय। तिमी एक्लो, एकनास मौसम लिएर कहिलै नआउनू। कम्तिमा मौसमको एउटा जोडा लिएर आउनू। म पनि त तिमीलाई औधी प्रेम गर्छु। तिम्रो जीवनमा, बसन्तको बहारलाई .... बर्साद बनेर बर्साउन आतुर छु। - दोस्ती रेग्मी।

एउटा त्रसितको अङालोमा अर्को त्रसित; यो कस्तो त्रासदी । दोस्ती रेग्मी

Image
एउटा त्रसितको अङ्गालोमा अर्को त्रसित; यो कस्तो त्रासदी । अतीतको भुतघरमा नजाऊ; तर्साउँछ। भविस्यको भुमरीमा नजाऊ; अल्मल्याउँछ। वर्तमान नै तिम्रो सत्ता , सत्य र सामर्थ्य हो; यसमा एक्लै टेक, एक्लै उभिए। - दोस्ती रेग्मी (Painting: The life line by Winslow Homer, 1884)

ऐना । दोस्ती रेग्मी।

Image
  मलाई सबै कुरा कहाँ थाहा छ र? तिमीलाई पनि सबै कुरा कहाँ थाहा छ र? ऐना बिना .... संसार देख्ने आँखाले त आफैलाई देख्दैन। दोस्ती रेग्मी। (Painting: Eyes in the mirror by Laura Segatori, Italy)

Musings on truth. Dr. Dosti Regmi

Image
Question 1) What is truth? Answer:  What is now-here is truth. Your taste object, smell object, touch object, sight, and sounds are truth. Your mind is falsehood because it dwells everywhere except now-here. Question 2) What is the fact? Answer: You are alone, finite, and fragile. Question 3) What is the idea? Answer: All the paraphernalia to escape the above-mentioned facts is an idea. Fact is truth and ideas are escapes from truth. Question 4) What is the counter-idea? Answer: To befriend yourself, savor your finitude, and care for yourself is the counter-idea and alien the most with the fact. Self-care is not selfish. -Dosti Regmi

शून्य समय। दोस्ती रेग्मी

Image
  सत्य  यस्तो घडीले देखाएको समय हो... जुन घडीमा अङ्कहरू सहि सलामत छन्; तर सुईहरू गायब छन् । दोस्ती रेग्मी

साहुले दिएका घाउहरू। -दोस्ती रेग्मी

Image
  हरेकको जिन्दगीमा केहि साहुहरू हुन्छ्न्; जसले गिद्दले ठुँडे जस्तो  मुटुमा केहि घाउहरू दिन्छन् । हो, हरेकको जिन्दगीमा केहि थान साहुहरू हुन्छन् ; अनि उनीहरुले दिएका मुफ्तका घाउहरू हुन्छन् । - दोस्ती रेग्मी। (Painting: The wounded man by Gustave Courbet)

सायद - दोस्ती रेग्मी

Image
  कहिले म डढेको गन्हाउँछु; भित्र केही डढ्छ सायद । कहिले म इत्र मग्मगाउँछु; भित्र कुनै फुल फुल्छ सायद। डढेकै कुरा फुलका लागि मल हुन्छ सायद। दोस्ती रेग्मी

जिन्दगी यस्तो होस् - दोस्ती रेग्मी

Image
जिन्दगी यस्तो होस् -    जहाँ जिन्दगीको अर्थ प्रगाढ होस्; व्याख्या शेष होस्।

योगी। डा. दोस्ती रेग्मी

Image
भोगी संसार खाएर पनि भोकै हुन्छ। योगी संसारलाई बाँडेर पनि तृप्त हुन्छ। बाँडेर सकिने कुरा पनि के बटुल्नू ? आँफैसँग भएको कुरा पनि के माग्नू ?

वर्तमान पल। दोस्ती रेग्मी।

Image
अस्तित्वको बजारमा, जिन्दगी त्यस्तो दोकान हो- जहाँ वर्तमानको किम्ती पल सित्तैमा पाइन्छ; भुत र भविष्यका डम्मी पलहरू अचाक्ली महँगो पर्छ। कुनै अमुक पलको मृगतृष्णामा  बर्तमान पललाई अवहेलना गर्नु, सुन सँग पित्तल साट्नु जस्तो घाटाको व्यापार होइन र? दोस्ती रेग्मी (Picture : Melting Clocks by Salvador Dali )

तिम्रो मन पनि एउटा आकाश होईन र? डा दोस्ती रेग्मी

Image
  तिम्रो मन पनि एउटा आकाश होईन र? जो शान्त, स्निग्ध, अनन्त र अपारमित छ, जोसँग सुर्य , चन्द्रमा र ताराहरूको खजाना छ। फेरि पनि आउने जाने गरिरहन्छन, बादलका मुलायम स्वयरकल्पनाहरू, आवेगका मेघगर्जनहरू, आँसुका बर्सादहरू।

दुनिया सँधै चन्द्रमाको मात्रै दाग देक्छ। डा. दोस्ती रेग्मी

Image
दुनिया सँधै चन्द्रमाको मात्रै दाग देक्छ; सुर्यलाई त उसले आँखा जुधाएर हेर्नै सक्दैन।। दुनिया गलत पनि हुन सक्छ; एक चोटि तिमीले चन्द्रमालाई आँखा चिम्म गरेर हेर्नू पर्छ।।

शून्यको धुन। डा. दोस्ती रेग्मी

Image
मलाई शून्यको धुन मिठो लाग्छ; बाँस भित्रको शून्यबाट बाँसुरीको धुन निस्केजस्तो; नलेखिएको गीत, नसुनिने गरी, नदेखिइने मान्छेले गाए जस्तो, तर मैले बुझेजस्तो।

के दिऊँ तिमीलाई चिनो भनेर... दोस्ती रेग्मी

Image
के दिऊँ तिमीलाई चिनो भनेर; तिमीसँग त पुरै एउटा जिन्दगी छ। के राखूँ तिम्रो नासो भनेर; मसँग पनि पुरै एउटा जिन्दगी छ। दोस्ती रेग्मी

लेख्दालेख्दैको कविता बीचमै छोडेर आएको छु डा दोस्ती रेग्मी

Image
  लेख्दालेख्दैको कविता बीचमै छोडेर आएको छु जति नै ठूलो कोठा बनाए पनि संसार कोठाबाहिरै थुनिन्छ जिन्दगीलाई जसरी अर्थ्याए पनि जिन्दगीको अर्थ कोष्ठकबाहिरै छोडिन्छ हुन त सारा आकाशका जून तारा तिम्रै अञ्जुलीको पानीमा प्रतिबिम्बित हुन सक्छ , तर सिङ्गो आकाश तिम्रो अञ्जुलीमा अटाउँदैन हुन त राम्रा आँखाले राम्रै दृश्य देख्ला तर परेलामै अल्झेर के गर्छौ ? सपनाको शहर त बन्द आँखाको पछाडि हुन्छ तिमीलाई सत्य प्राप्त हुनु र सत्यलाई तिमी प्राप्त हुनुमा फरक हुन्छ होश सहितको मदहोशी र बेहोश मदहोशीमा फरक हुन्छ मैले लेख्दा लेख्दैको सुन्दर कविता बीचमै छोडेर आएको छु जिन्दगीमा यति धेरै फूलहरू फुलेका छन् , म भ्रमर बनेर आएको छु।

गजल।

Image
जिन्दगीमा के बाधक, के मादक बुझेको छु श्रेय र प्रेय चिजको मानक बुझेको छु। मैले धेरै चोटि रुँदारुँदै हाँसेको छु मैले जिन्दगीलाई हल्का मजाक बुझेको छु। सबथोक जलोस्, म मेरो बासुरी बजाइरहन्छु मैले दुखका एक एक कारक बुझेको छु। रोग,भोक र शोक त हुन्छनै साहेब! दुख्दा पनि एेया नभन्दाको रौनक बुझेको छु। दोस्ती रेग्मी

तिमीसङै नभएको कुरा अरुसङ कहाँ हुन्छ र? डा. दोस्ती रेग्मी

Image
  अरुको उपेक्षाले के चित्त दुख्छ र हजुर? आफ्नै अपेक्षाले पो चित्त दुख्छ। तिमीसङै नभएको कुरा अरुसङ कहाँ हुन्छ र? सुनको थाली लिएर तिमी माग्न बसेछौ, दिनेलाई देखेर मग्नेले नै तरस खानुपर्ने भएन र? डा. दोस्ती रेग्मी। ( Painting Indian Begger by Blake Carmichael)

Nothing is changed and everything is changed. -Dr. Dosti Regmi

Image
We are taught to seek happiness; but we are not taught to be happy. Ohhh! Nothing is changed and everything is changed. Seeking gives way to finding; and I happily found myself. I found myself happy! Dr. Dosti Regmi हुन त राम्रा आँखाले राम्रै दृश्य देख्ला, तर परेलामै अल्झेर के गर्नू ? सपनाको शहर त बन्द आँखाको पछाडि हुन्छ। - डा. दोस्ती रेग्मी

एउटा शुन्यको प्रतीक्षामा म शुन्य भएर बसेको छु। डा. दोस्ती रेग्मी

Image
पोखिइँनै नसक्नेगरी जमेर के गर्नु ? रित्तै गए त बरु भरिएर आउँला ! एउटा शुन्यको प्रतीक्षामा म शुन्य भएर बसेको छु, सबै सबै आदतलाई छोडेर; गुनासोको साहित्य र सान्त्वनाको अध्यात्मलाई मसानमा सेलाएर आएको छु। डा. दोस्ती रेग्मी।

तिम्रो सौन्दर्य र सुखानुभूतिले म मर्माहत भएको छु। डा. दोस्ती रेग्मी

Image
तिम्रो सौन्दर्य  र सुखानुभूतिले म मर्माहत भएको छु। काकाकुल घाँटीमा अमृतको पहिलो बुँद नै सर्केझैँ भएको छु। डा. दोस्ती रेग्मी (Clay sclupture : Martin Lutherius)

दु:खबाट पनि के भाग्नु? डा. दोस्ती रेग्मी

Image
दु:खबाट पनि के भाग्नु? एउटा दु:खबाट भाग्नु भनेको अर्को दुःखमा ठोकिनु न हो। डा. दोस्ती रेग्मी (Painting inspired from the girl with pearl earring by Johannes Vermeer and repainted by Gurdish)

जिन्दगी अद्भुत छ। डा. दोस्ती रेग्मी

Image
जिन्दगी अद्भुत छ। यसको बारेमा जे भनेपनी गलत हुनु नपर्ने सहुलियत छ। डा. दोस्ती रेग्मी। (Painting: Mona Lisa by Leonardo Da Vinci)

शून्यता ( पारमिता उपन्यास अंश) डा. दोस्ती रेग्मी ।

Image
शून्यता  त्यसवर्ष सिल्भिया पदयात्राका लागि लाङटाङ पुगेर आउनुभएको  रहेछ । हरेक पदयात्रामा राजु दाइले  नै  उहाँलार्ई साथ दिनुहुन्थ्यो  । राजु दाइकै  फे सबुकबाट मै ले  सिल्भिया ने पालमै  भएको  थाहा पाएको  थिएँ ।  सिल्भियालाई भेट्न म बुढानीलकण्ठको  पार्क भिलेज रिसोर्टमा गएँ । उही हिउँजस्तो  सेतो  कपाल र आकाश जस्तो  निलो  आँखा ।  सिल्भिया बाल्को नीमा बसेर कफी खाँदै  हुनुहुन्थ्यो  । शिवपुरी डाँडा माथिबाट बादलका झुण्डहरू ओरालो  लाग्दै  थिए । बगैँचामा लोखर्के हरू कुदि®हे का थिए । धुपीका रुखहरू स्वागतका लागि नमस्ते  गरे झैँ ठिङ्ग उभिइरहेका थिए । घाममा बाँकी रुखहरूका पालुवा र पातहरू ऐना जस्तै  टल्किरहेका थिए । त्यहाँको वातावरणले  एउटा ताजगी चारै तिर छरिरहेको  थियो  । लागिरहेथ्यो , म शीत हुँ र त्यो  सम्पूर्ण माहोल र परिवेश बिहान हो  ।  म सिल्भियाको  नजिक पुग्ने बित्तिकै  उहाँले  उठेर मेरो लागि बस्ने  कुर्सी अलिकति मिलाइदिनुभयो  । ...

आदत। - डा दोस्ती रेग्मी

Image
साथीले सोध्यो, तिमी रक्सी , चुरोट खान्छौ? मैले भनेँ- खाँदिन। उसले भन्यो- तिम्रो त कुनै आदतै रहेनछ। मैले भनेँ- आदत नराख्नु नै मेरो आदत हो नि। डा. दोस्ती रेग्मी। (Painting: "Jar of Addiction" by Gina Jrel)

म धेरै चोटि रुँदा रुँदै हाँसेको छु; जिन्दगीको हल्का मजाकलाई बुझेको छु। डा. दोस्ती रेग्मी।

Image
  म धेरै चोटि रुँदा रुँदै हाँसेको छु; जिन्दगीको हल्का मजाकलाई बुझेको छु। डा. दोस्ती रेग्मी। #cheerfulness  ( Painting: Democritus - Laughing philosopher)

अन्तिम सत्य दुईवटा मात्रै हुन्छ। -डा. दोस्ती रेग्मी

Image
  तिमी जे सुकै भन, अन्तिम सत्य दुईवटा मात्रै हुन्छ। एउटा तिमीले बुझेको सत्य; अर्को तिमीले बुझ्न बाँकी सत्य, जुन तिमीले बुझेको भन्दा फरक छ। एउटा तिमीले देखेको सत्य; अर्को तिमीले देख्न बाँकी सत्य, जुन तिमीले देखेको भन्दा फरक छ। एउटा तिमीले बाँचेको सत्य; अर्को तिमीले बाँच्न बाँकी सत्य, जुन तिमीले बाँचेको भन्दा फरक छ। डा. दोस्ती रेग्मी। ( Painting : Two sides of a human coin ; By Sidharth Mohan)

म तिम्रै गुलाब र सुनाखरी फुलिरहेको हुन्छु। डा दोस्ती रेग्मी

Image
म तिम्रै गुलाब र सुनाखरी फुलिरहेको हुन्छु। तिमी एक दिन पारिलो घाम लिएर आयौ, तिमी अर्को दिन शीतल छहारी लिएर आयौ; तिमी एक दिन चमेलीको सुबास लिएर आयौ, तिमी अर्को दिन रोजमेरीको बास्ना लिएर आयौ; तिमी एक दिन गुलाब लिएर आयौ, तिमी अर्को दिन सुनाखरी लिएर आयौ । तिमी आजभोलि भने आउनेजाने गर्नै छाड्यौ... तर पनि अचेल भरि म; तिम्रै यादको गहिराईमा नुहाईरहेको हुन्छु; तिम्रै चमेली र रोजमेरी बसाईरहेको हुन्छु; तिम्रै गुलाब र सुनाखरी फुलिरहेको हुन्छु। डा. दोस्ती रेग्मी।

भएको अलिकति बचपना र पागलपन पनि लिलाम भएपछि.... डा दोस्ती रेग्मी

Image
मैले बुद्धलाई हौसाउँदै सोधेँ:  "अब अर्को जुनि नलिने?" बुद्धले बडो नमज्जा मान्दै भने : "भएको अलिकति बचपना र पागलपन पनि लिलाम भएपछि, अब जिउनुमा कुन रस रह्यो र ? "

सधैँ चालू रहने नाटक आज बन्द भएछ । डा. दोस्ती रेग्मी।

Image
सधैँ चालू रहने नाटक आज बन्द भएछ ; एक हुल मान्छे जम्मा भएपनि; आज रङ्गमञ्चको पर्दा जलेछ। डा. दोस्ती रेग्मी।