रङिन अन्धकार। दोस्ती रेग्मी।
म हरेक श्वास लिँदा जन्मेको हुन्छु;
म हरेक श्वास फल्दा मरेको हुन्छु।
हरेक पल ...
हर एक पल मेरा लागि स्वागत र बिदाई बीचको सन्ध्या हो।
हर एक पल मेरा लागि स्वागत पनि र बिदाई पनि हो।
संसारको यो रङिन अन्धकारमा,
मेरो एक पल
अखण्ड ज्योती हो।
Painting: Vale: Farewell by Arthur Hacker.
Comments
Post a Comment