गजल।
जिन्दगीमा के बाधक, के मादक बुझेको छु
श्रेय र प्रेय चिजको मानक बुझेको छु।
मैले धेरै चोटि रुँदारुँदै हाँसेको छु
मैले जिन्दगीलाई हल्का मजाक बुझेको छु।
सबथोक जलोस्, म मेरो बासुरी बजाइरहन्छु
मैले दुखका एक एक कारक बुझेको छु।
रोग,भोक र शोक त हुन्छनै साहेब!
दुख्दा पनि एेया नभन्दाको रौनक बुझेको छु।
दोस्ती रेग्मी
Comments
Post a Comment