म तिम्रै गुलाब र सुनाखरी फुलिरहेको हुन्छु। डा दोस्ती रेग्मी

म तिम्रै गुलाब र सुनाखरी फुलिरहेको हुन्छु। तिमी एक दिन पारिलो घाम लिएर आयौ, तिमी अर्को दिन शीतल छहारी लिएर आयौ; तिमी एक दिन चमेलीको सुबास लिएर आयौ, तिमी अर्को दिन रोजमेरीको बास्ना लिएर आयौ; तिमी एक दिन गुलाब लिएर आयौ, तिमी अर्को दिन सुनाखरी लिएर आयौ । तिमी आजभोलि भने आउनेजाने गर्नै छाड्यौ... तर पनि अचेल भरि म; तिम्रै यादको गहिराईमा नुहाईरहेको हुन्छु; तिम्रै चमेली र रोजमेरी बसाईरहेको हुन्छु; तिम्रै गुलाब र सुनाखरी फुलिरहेको हुन्छु। डा. दोस्ती रेग्मी।