Posts

Showing posts with the label डा दोस्ती रेग्मी

म तिम्रै गुलाब र सुनाखरी फुलिरहेको हुन्छु। डा दोस्ती रेग्मी

Image
म तिम्रै गुलाब र सुनाखरी फुलिरहेको हुन्छु। तिमी एक दिन पारिलो घाम लिएर आयौ, तिमी अर्को दिन शीतल छहारी लिएर आयौ; तिमी एक दिन चमेलीको सुबास लिएर आयौ, तिमी अर्को दिन रोजमेरीको बास्ना लिएर आयौ; तिमी एक दिन गुलाब लिएर आयौ, तिमी अर्को दिन सुनाखरी लिएर आयौ । तिमी आजभोलि भने आउनेजाने गर्नै छाड्यौ... तर पनि अचेल भरि म; तिम्रै यादको गहिराईमा नुहाईरहेको हुन्छु; तिम्रै चमेली र रोजमेरी बसाईरहेको हुन्छु; तिम्रै गुलाब र सुनाखरी फुलिरहेको हुन्छु। डा. दोस्ती रेग्मी।

सधैँ चालू रहने नाटक आज बन्द भएछ । डा. दोस्ती रेग्मी।

Image
सधैँ चालू रहने नाटक आज बन्द भएछ ; एक हुल मान्छे जम्मा भएपनि; आज रङ्गमञ्चको पर्दा जलेछ। डा. दोस्ती रेग्मी।

यहाँ पल पल रोकिइँनुपर्छ, आफैँलाई कठ्घरामा राखेर आफैँलाई प्रश्न सोधिरहनुपर्छ। डा. दोस्ती रेग्मी

Image
  अरुण थापाहरु त गाउँछन् - " बित्नलाई बितिदिन्छ , एकोहोरो जिन्दगानी ।" तर, जिन्दगी त्यति सस्तो पनि त होईन बिताउनको लागि, यहाँ पल पल रोकिइँनुपर्छ,  आफैँलाई कठ्घरामा राखेर आफैँलाई प्रश्न सोधिरहनुपर्छ। डा. दोस्ती रेग्मी ।

जंगली काँडालाई कसैले तिखार्नु पर्दैन। डा दोस्ती रेग्मी

Image
जंगली फुललाई कसैले रङ्ग पोत्नुपर्दैन; जंगली काँडालाई कसैले तिखार्नु पर्दैन। तिमी जे छौ, सहि छौ; राम्रो बानाउने निहुमा कसैले तिमीलाई नराम्रो बनाउनुपर्दैन। डा. दोस्ती रेग्मी #celebrateyourself

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी

Image
  हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ; के भुल गर्यौ जसले तिमीलाई मन्दिर कुदाइरहेछ। के कोर्न सक्थ्यौ सलाइँको काँटी; हिजोको झरीले तिम्रो दियो निभाइसकेछ। - डा. दोस्ती रेग्मी । (Painting: " Drunk on love" by Alica Ciuciu)

मन्दिर परिसरका देउताहरुलाई हेर्छु । डा. दोस्ती रेग्मी

Image
 मन्दिर परिसरका देउताहरुलाई हेर्छु ।   डा. दोस्ती रेग्मी मन्दिर परिसरका देउताहरुलाई हेर्छु ।    देउताको पनि त दुस्मन हुँदो रहेछ; देउता दानव बध गरिरहेछन्। देउताको पनि त घरबार हुँदो रहेछ; अर्धाङिनीसङ्ग मायलु समय ब्यतीत गरिरहेछन् । देउता पनि त एक्लो हुदोरहेछ; धुम्धुम्ती ध्यानमा बसिरहेछन्। डा. दोस्ती रेग्मी

आफुले टेक्नुपर्ने धर्ती पत्थर होइन मखमल बनाउनुपर्छ । डा दोस्ती रेग्मी।

Image
 सन्झनाको डोरी बाटेर, कल्पनाको पिर्का राखेर, सपनाको पिङ्ग मा जति मच्चिए पनि, आफुले टेक्नुपर्ने धर्ती पत्थर होइन मखमल बनाउनुपर्छ । - डा दोस्ती रेग्मी । (Painting acknowledgement :  "The swing" by Fragonard )

हजुरको शुभनाम के होला ? - डा दोस्ती रेग्मी

Image
  उसले सोध्यो; "हजुरको शुभनाम के होला ? " मैले भनेँ ;  " थाहा छैन यो शुभ हो या अशुभ, मेरो त एउटै नाम छ - दोस्ती । " - डा दोस्ती रेग्मी

कफिन - डा.दोस्ती रेग्मी

Image
परिवर्तन नै सत्य हो । स्टेबल त भ्रम हो । सबै भन्दा स्टेबल त कफिन भित्र को लास हुन्छ ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

Image
  कविता र जिन्दगी ।   साथीले भन्यो - पहिले उपान्यास लेख्यौ, अहिले कविता लेख्न थालेछौ ।  मैले भनेँ -  उपन्यास ब्यायम हो ; कविता ध्यान हो । उसले भन्यो - कविता छोटो र गहिरो हुन्छ । मैले भनेँ -  जिन्दगी पनि छोटो र गहिरो हुन्छ । डा. दोस्ती रेग्मी   (Painting : The wanderer above the sea of fogs by Caspar David Friedrich)

दुखी आत्माहरु - डा दोस्ती रेग्मी

Image
दुखी  आत्माहरु उँट काँडाहरु चबाएर बस्छ । स्वाद काँडाहरुमा  हुदैन  स्वाद त त्यो रगतमा हुन्छ  जुन उसको मुखमा काँडाहरुले बनाउने घाउबाट बग्छ। उँट काँडाहरु चबाएर बस्छ । दुखी  आत्माहरु आफ्नै घाउहरुमा रमाएर  हिँड्छन्। सुख कतै  भेटिन्छ कि भनेर  छलेर हिँड्छन्। सुख कतै  देखिन्छ कि भनेर  बत्ती निभाएर हिँड्छन्। दुखी  आत्माहरु आफ्नै घाउहरुमा  रमाएर  हिँड्छन्। - डा. दोस्ती रेग्मी (Picture : Melancholy woman; Pablo Picasso)

सम्बन्धको बचाउका खातिर । -डा. दोस्ती रेग्मी ।

Image
सम्बन्धको बचाउका खातिर हामी त्यो मात्रै भन्छौं जो अरु सुन्न चाहन्छ त्यसैले हामी जे भन्छौं, त्यति मात्रै पनि होईनौं । डा. दोस्ती रेग्मी ।

हामी सबै एउटा खुला कारागारका कैदिहरु हौं। -डा. दोस्ती रेग्मी

Image
  हामी सबै एउटा खुला कारागारका कैदिहरु हौं। सबै आआफ्नै परिस्थिती , मनस्थिती र आदतका बन्दी छौं । - डा. दोस्ती रेग्मी

एउटा ठुलो रुखलाई हेर्छु - डा. दोस्ती रेग्मी

Image
  एउटा ठुलो रुखलाई हेर्छु; कति बर्षातको झापट् खाएकोहोला, कति पतझडमा नङिएकोहोला, तर आज नवयोबना बसन्त पलुवाले आँफैलाई ढाकेकोछ । - डा. दोस्ती रेग्मी

पुरुषहरू असुरक्षित घर बाहिर तर महिलाहरू घर भित्रै ! -डा. दोस्ती रेग्मी

Image
  त्यसो त म कुनै मनोबैज्ञानिक होईन, न त महिला हिंसा सम्वन्धिको विज्ञ । मात्रै एउटा अस्पतालमा काम गर्ने डाक्टर हुँ । अस्पतालमा आउने विरामीसंग दैनिक जसो साक्षात्कार गर्छु । त्यहि अनुभवको आधारमा यो अनुभुति पस्केको हुँ । अन्य विरामीजस्तै अस्पतालमा चोटपटक लागेका विरामी पनि आउने गर्छन । त्यस्तो बेलामा पेट भित्रका अंगहरुमा पनि चोट परेको छ कि भनेर अल्ट्रासाउन्ड गरि जाँच गर्ने चलन हुन्छ ।  यसबाट शरीर भित्र र बाहिरको अवस्था एकीन हुन्छ । चोटपटकका बिरामीहरु कि त दुर्घटनाका हुन्छन् कि त झैझगडाकाबीच हुने कुटपिटका ।  मेरो अनुभव र अस्पतालको तथ्यांकले पनि बताउँछ कि चोटपटक लागेर अस्पतालमा आउने विरामीमध्ये सवारी दुर्घटनाका सबैभन्दा धेरै हुन्छन् ।  त्यसपछि मदिरा सेवन गरेर वा ग्याङ्ग फाइट गरेर हुने चोटपटकहरु। तर यी तथ्यांक घरबाहिर हुने घटनाकाबाट सिर्जित हुन् । यस्ता घटनामा पुरुषहरू नै धेरै जोखिममा देखिन्छन् । तर मैले यहाँ आज घर बाहिर भन्दा घर भित्रैबाट हुने चोटपटकको कुरालाई विशेष जोड दिन खोजेको हुँ । तपाईँहरुलाई थाह छ घर बाहिर मात्रै होइन घरभित्र पनि चोटपटकहरु लाग्ने गर्दछ...

हतारिन र सुस्ताउन जान्नुनै जिन्दगी रहेछ। -डा. दोस्ती रेग्मी

Image
  कति सुस्ताउनपर्ने ठाउँंमा हतारिएछ; कति हतारिनुपर्ने ठाउँंमा सुस्ताईएछ; हतारिन र सुस्ताउन जान्नुनै जिन्दगी रहेछ। -डा. दोस्ती रेग्मी