अरुण थापाहरु त गाउँछन् - " बित्नलाई बितिदिन्छ , एकोहोरो जिन्दगानी ।" तर, जिन्दगी त्यति सस्तो पनि त होईन बिताउनको लागि, यहाँ पल पल रोकिइँनुपर्छ, आफैँलाई कठ्घरामा राखेर आफैँलाई प्रश्न सोधिरहनुपर्छ। डा. दोस्ती रेग्मी ।
हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ; के भुल गर्यौ जसले तिमीलाई मन्दिर कुदाइरहेछ। के कोर्न सक्थ्यौ सलाइँको काँटी; हिजोको झरीले तिम्रो दियो निभाइसकेछ। - डा. दोस्ती रेग्मी । (Painting: " Drunk on love" by Alica Ciuciu)
Man is a heap of finitude. He should be appreciated for how he deals with adversity not prosperity. He should be appreciated for how he deals with nothingness, scarcity, misery and loneliness rather than abundance, happiness and togetherness. Dr. Dosti Regmi
कविता र जिन्दगी । साथीले भन्यो - पहिले उपान्यास लेख्यौ, अहिले कविता लेख्न थालेछौ । मैले भनेँ - उपन्यास ब्यायम हो ; कविता ध्यान हो । उसले भन्यो - कविता छोटो र गहिरो हुन्छ । मैले भनेँ - जिन्दगी पनि छोटो र गहिरो हुन्छ । डा. दोस्ती रेग्मी (Painting : The wanderer above the sea of fogs by Caspar David Friedrich)
दुखी आत्माहरु उँट काँडाहरु चबाएर बस्छ । स्वाद काँडाहरुमा हुदैन स्वाद त त्यो रगतमा हुन्छ जुन उसको मुखमा काँडाहरुले बनाउने घाउबाट बग्छ। उँट काँडाहरु चबाएर बस्छ । दुखी आत्माहरु आफ्नै घाउहरुमा रमाएर हिँड्छन्। सुख कतै भेटिन्छ कि भनेर छलेर हिँड्छन्। सुख कतै देखिन्छ कि भनेर बत्ती निभाएर हिँड्छन्। दुखी आत्माहरु आफ्नै घाउहरुमा रमाएर हिँड्छन्। - डा. दोस्ती रेग्मी (Picture : Melancholy woman; Pablo Picasso)
त्यसो त म कुनै मनोबैज्ञानिक होईन, न त महिला हिंसा सम्वन्धिको विज्ञ । मात्रै एउटा अस्पतालमा काम गर्ने डाक्टर हुँ । अस्पतालमा आउने विरामीसंग दैनिक जसो साक्षात्कार गर्छु । त्यहि अनुभवको आधारमा यो अनुभुति पस्केको हुँ । अन्य विरामीजस्तै अस्पतालमा चोटपटक लागेका विरामी पनि आउने गर्छन । त्यस्तो बेलामा पेट भित्रका अंगहरुमा पनि चोट परेको छ कि भनेर अल्ट्रासाउन्ड गरि जाँच गर्ने चलन हुन्छ । यसबाट शरीर भित्र र बाहिरको अवस्था एकीन हुन्छ । चोटपटकका बिरामीहरु कि त दुर्घटनाका हुन्छन् कि त झैझगडाकाबीच हुने कुटपिटका । मेरो अनुभव र अस्पतालको तथ्यांकले पनि बताउँछ कि चोटपटक लागेर अस्पतालमा आउने विरामीमध्ये सवारी दुर्घटनाका सबैभन्दा धेरै हुन्छन् । त्यसपछि मदिरा सेवन गरेर वा ग्याङ्ग फाइट गरेर हुने चोटपटकहरु। तर यी तथ्यांक घरबाहिर हुने घटनाकाबाट सिर्जित हुन् । यस्ता घटनामा पुरुषहरू नै धेरै जोखिममा देखिन्छन् । तर मैले यहाँ आज घर बाहिर भन्दा घर भित्रैबाट हुने चोटपटकको कुरालाई विशेष जोड दिन खोजेको हुँ । तपाईँहरुलाई थाह छ घर बाहिर मात्रै होइन घरभित्र पनि चोटपटकहरु लाग्ने गर्दछ...