भ्रमर। दोस्ती रेग्मी
कति बस्नु
आफ्नै बिचारको बन्धक बनेर;
माकुराजस्तो अफ्नै जालोमा आफै फसेर।
जिन्दगी गुल्जार छ।
जिन्दगीमा फुलेका फुलहरुमा बिचरण गर्दै छु;
भ्रमर बनेर।
सङ्ग्रह गर्ने मौरीसङ्ग त घारको मह मात्र हुन्छ;
त्यो पनि कालान्तरमा कसैले चोरिदिन्छ।
सबै मौसम, बगैंचा र फुलहरू त भ्रमरकै हुन्छ।
दोस्ती रेग्मी।
Comments
Post a Comment