सपनी र बिपनी। दोस्ती रेग्मी।




सांसारका आठ अर्ब मान्छेका,

आठ अर्ब सन्सार हुन्छ भन्छन्।

मेरो पनि आफ्नै सन्सार छ।

हरेक दिन म बिउझिँदा,

मेरो सन्सार ध्यानमा बिउँझिन्छ।

हरेक साँझ,

त्यो रक्सीको प्यालामा निदाउँँछ।

बिपनीको पनि आफ्नै सन्सार हुन्छ।

निदरीको पनि आफ्नै सन्सार हुन्छ।

बिपनी मैयाँको सन्झिने रोग छ।

सपनी मैयाँको बिर्सिने रोग छ।


दोस्ती रेग्मी।




Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

The Heart Sutra ( prajna-paramita): English translation.

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी