मौसम। दोस्ती रेग्मी
एउटा मौसम आयो;
मलाई रुझाएर गयो।
अर्को मौसम आयो;;
मलाई सुकाएर गयो।
एउटा मौसम आयो;
मलाई चिस्याएर गयो।
अर्को मौसम आयो;
मलाई न्यानो बनाएर गयो।
तिमी मलाई रुवाएर जानू;
फेरि हँसाएर पनि जानू।
तिमी मलाई चित्त दुखाएर जानू;
फेरि चित्त बुझाएर पनि जनू।
प्रिय।
तिमी एक्लो, एकनास मौसम लिएर कहिलै नआउनू।
कम्तिमा मौसमको एउटा जोडा लिएर आउनू।
म पनि त तिमीलाई औधी प्रेम गर्छु।
तिम्रो जीवनमा,
बसन्तको बहारलाई ....
बर्साद बनेर बर्साउन आतुर छु।
- दोस्ती रेग्मी।
Comments
Post a Comment