खुसी । दोस्ती रेग्मी



लाग्थ्यो केहि पाएपछि मात्र मान्छे खुसी हुन्छ;

अहिले बुझ्दै छु-

केहि पाउनका लागि मान्छे खुसी हुनुपर्छ।


दु:ख र असन्तुष्टिको बाटो यति कठोर हुन्छ

तिमीलाई भेटेर आज बुझ्दै छु-

कसै कसैलाई खुसी नहुने सहुलियत नै हुँदैन।

खुसी हुनुको अर्को विकल्प नै हुँदैन।


- दोस्ती रेग्मी।




Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी