Posts

Showing posts from May 24, 2026

No act of goodness is ever truly small to the one who receives it.

Image
After a great storm, thousands of fish lay stranded upon the wet sand of the beach. The waves had withdrawn, leaving them gasping beneath the open sky. The shore stretched for miles, covered with helpless flickering bodies. A woman walked quietly along the beach. Every few steps she bent down, picked up a fish gently in her hands, and threw it back into the ocean. A man watching from afar approached her with disbelief. “Why are you doing this?” he asked. “There are thousands of them. You cannot possibly save them all. What you are doing makes no difference.” The woman listened silently. Then she bent down once more, lifted another struggling fish, and released it into the sea. As the fish disappeared into the water, she smiled softly and replied, “It mattered to this one.” We often dream of changing the whole world. We chase great ambitions, grand achievements, and monumental victories. Yet life is not built only upon extraordinary acts. It is shaped quietly, almost invisibly,...

आजको यो साँझ - This evening

Image
  आजको यो साँझ आजको यो साँझ साँझकै रूपमा बिताऊँ। यहाँ समाचार नथपौँ, दुनियाँका हल्ला र हलचल यही ढोकाबाहिर छोडिदिऊँ। रक्सीको प्याला नथपौँ , क्षणभरको बिर्साइको सहारा नखोजूँ, यसै चेतनाको स्वादमा मस्त भई बसूँ। हिजो नथपौँ , पुराना घाउ र पश्चात्तापहरू फेरि नकोट्याऊँ। भोलि नथपौँ , आशा र चिन्ताका अधुरा महलहरू अहिले नबनाऊँ। पर्सि पनि नथपाऊँ, अझ नआएका दिनहरूको भार यो साँझमाथि नबिसाऊँ। कथा नथपौँ , कविता नथपौँ , शब्दहरूले पनि यस मौनतालाई नढाकौँ। सङ्गीत नथपौँ , हावाको सुस्केरा, टाढाको चराको पुकार, र आफ्नै श्वासको लय पर्याप्त छन्। आजको यो साँझ साँझकै रूपमा बिताऊँ। आकाशलाई आकाश हुन दिऊँ, तारालाई तारा हुन दिऊँ, अँध्यारोलाई बिस्तारै ओर्लिन दिऊँ। म पनि कुनै भूमिका, कुनै परिचय, कुनै सफलता वा असफलता बिना, केवल यही साँझजस्तै साँझमै रहिदिऊँ। English Translation This Evening Let this evening be spent simply as an evening. Let me add no news, leaving the noise and commotion of the world outside this door. Let me add no glass of wine, seeking no brief refuge i...

पनौती - The strange misfortune

Image
पनौती  म खुसी हुनै सकिन मलाई पनौती परेको छ जति चाहेर पनि म खुसी हुनै सकिन ठुलेले ले घरबार गुमायो तैपनि ऊ खुसी छ उसले त्रिपालमुनि खुसी हुन पनि जानेको छ माइलाको जहान उसलाई छोडेर गई तैपनि ऊ खुसी छ उसले एक्लै खुसी हुन जानेको छ साइँलाको छोरो उसलाई ठ्याम्मै टेर्दैन तैपनि ऊ खुसी छ उसले कसैबाट केही पनि अपेक्षा नराख्न जानेको छ अन्तरेलाई साँझ बिहान छाक टार्नै मुस्किल छ ऊ त बडो भाग्यमानी छ भोलिको बारेमा उसलाई सोच्नै पर्दैन जन्तरेलाई राजनीतिले पोल्दै पोल्दैन ऊ खुसी छ किनकि न उसलाई समाचार पढ्नु छ न रेडियो सुन्नु छ भन्छौ नि तिमीसँग त घरबार आफ्नो आफन्त गाँस बास सबै छ तैपनि तिमी किन खुसी छैनौ सब थोक भएर पनि म खुसी छैन खै के हो के हो मलाई यस्तै पनौती परेको छ