Posts

Showing posts from May 28, 2023

तिम्रो मन पनि एउटा आकाश होईन र? डा दोस्ती रेग्मी

Image
  तिम्रो मन पनि एउटा आकाश होईन र? जो शान्त, स्निग्ध, अनन्त र अपारमित छ, जोसँग सुर्य , चन्द्रमा र ताराहरूको खजाना छ। फेरि पनि आउने जाने गरिरहन्छन, बादलका मुलायम स्वयरकल्पनाहरू, आवेगका मेघगर्जनहरू, आँसुका बर्सादहरू।

दुनिया सँधै चन्द्रमाको मात्रै दाग देक्छ। डा. दोस्ती रेग्मी

Image
दुनिया सँधै चन्द्रमाको मात्रै दाग देक्छ; सुर्यलाई त उसले आँखा जुधाएर हेर्नै सक्दैन।। दुनिया गलत पनि हुन सक्छ; एक चोटि तिमीले चन्द्रमालाई आँखा चिम्म गरेर हेर्नू पर्छ।।

शून्यको धुन। डा. दोस्ती रेग्मी

Image
मलाई शून्यको धुन मिठो लाग्छ; बाँस भित्रको शून्यबाट बाँसुरीको धुन निस्केजस्तो; नलेखिएको गीत, नसुनिने गरी, नदेखिइने मान्छेले गाए जस्तो, तर मैले बुझेजस्तो।

के दिऊँ तिमीलाई चिनो भनेर... दोस्ती रेग्मी

Image
के दिऊँ तिमीलाई चिनो भनेर; तिमीसँग त पुरै एउटा जिन्दगी छ। के राखूँ तिम्रो नासो भनेर; मसँग पनि पुरै एउटा जिन्दगी छ। दोस्ती रेग्मी