Posts

Showing posts from October 20, 2024

"मामु, बाबा।"

Image
मध्य रात, म टेबलमा पढ्दै, सोच्दै छु; आखिर मानिसहरु म सङ किन यस्तो व्यबहार गर्छन् ; म मानिसहरु सङ कस्तो व्यबहार गरुँ । ओछ्यानमा सुतिरहेको छोराले आफू एक्लै भएको थाहा पाएर बोलायो, "मामु, बाबा।" उत्तर, खोजेको भन्दा नजिक हुन्छ। आँकलन गरेको भन्दा सरल, सजिलो हुन्छ। अक्सर सोचेको भन्दा फरक हुन्छ। सत्य, कुनै पुर्णिामाको रात बुद्धलाई आफ्नो अनुहार देखाएर, सधैंका लागि अलप भएको पनि होइन होला। यो त घर, घरमा  जन, जनमा मन, मनमा, बिहान,दिउसो, बेलुकी  घटित भैरहेको हुन्छ। Truth is more near and simple than we think and often counter-intuitive. Here, now and beyond mind; to be precise.