म तिम्रै गुलाब र सुनाखरी फुलिरहेको हुन्छु। डा दोस्ती रेग्मी

म तिम्रै गुलाब र सुनाखरी फुलिरहेको हुन्छु।




तिमी एक दिन पारिलो घाम लिएर आयौ,

तिमी अर्को दिन शीतल छहारी लिएर आयौ;

तिमी एक दिन चमेलीको सुबास लिएर आयौ,

तिमी अर्को दिन रोजमेरीको बास्ना लिएर आयौ;

तिमी एक दिन गुलाब लिएर आयौ,

तिमी अर्को दिन सुनाखरी लिएर आयौ ।


तिमी आजभोलि भने आउनेजाने गर्नै छाड्यौ...


तर पनि अचेल भरि म;

तिम्रै यादको गहिराईमा नुहाईरहेको हुन्छु;

तिम्रै चमेली र रोजमेरी बसाईरहेको हुन्छु;

तिम्रै गुलाब र सुनाखरी फुलिरहेको हुन्छु।




डा. दोस्ती रेग्मी।





Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी