तिम्रो मन पनि एउटा आकाश होईन र? डा दोस्ती रेग्मी

तिम्रो मन पनि एउटा आकाश होईन र? जो शान्त, स्निग्ध, अनन्त र अपारमित छ, जोसँग सुर्य , चन्द्रमा र ताराहरूको खजाना छ। फेरि पनि आउने जाने गरिरहन्छन, बादलका मुलायम स्वयरकल्पनाहरू, आवेगका मेघगर्जनहरू, आँसुका बर्सादहरू।