Posts

लेख्दालेख्दैको कविता बीचमै छोडेर आएको छु डा दोस्ती रेग्मी

Image
  लेख्दालेख्दैको कविता बीचमै छोडेर आएको छु जति नै ठूलो कोठा बनाए पनि संसार कोठाबाहिरै थुनिन्छ जिन्दगीलाई जसरी अर्थ्याए पनि जिन्दगीको अर्थ कोष्ठकबाहिरै छोडिन्छ हुन त सारा आकाशका जून तारा तिम्रै अञ्जुलीको पानीमा प्रतिबिम्बित हुन सक्छ , तर सिङ्गो आकाश तिम्रो अञ्जुलीमा अटाउँदैन हुन त राम्रा आँखाले राम्रै दृश्य देख्ला तर परेलामै अल्झेर के गर्छौ ? सपनाको शहर त बन्द आँखाको पछाडि हुन्छ तिमीलाई सत्य प्राप्त हुनु र सत्यलाई तिमी प्राप्त हुनुमा फरक हुन्छ होश सहितको मदहोशी र बेहोश मदहोशीमा फरक हुन्छ मैले लेख्दा लेख्दैको सुन्दर कविता बीचमै छोडेर आएको छु जिन्दगीमा यति धेरै फूलहरू फुलेका छन् , म भ्रमर बनेर आएको छु।

गजल।

Image
जिन्दगीमा के बाधक, के मादक बुझेको छु श्रेय र प्रेय चिजको मानक बुझेको छु। मैले धेरै चोटि रुँदारुँदै हाँसेको छु मैले जिन्दगीलाई हल्का मजाक बुझेको छु। सबथोक जलोस्, म मेरो बासुरी बजाइरहन्छु मैले दुखका एक एक कारक बुझेको छु। रोग,भोक र शोक त हुन्छनै साहेब! दुख्दा पनि एेया नभन्दाको रौनक बुझेको छु। दोस्ती रेग्मी

तिमीसङै नभएको कुरा अरुसङ कहाँ हुन्छ र? डा. दोस्ती रेग्मी

Image
  अरुको उपेक्षाले के चित्त दुख्छ र हजुर? आफ्नै अपेक्षाले पो चित्त दुख्छ। तिमीसङै नभएको कुरा अरुसङ कहाँ हुन्छ र? सुनको थाली लिएर तिमी माग्न बसेछौ, दिनेलाई देखेर मग्नेले नै तरस खानुपर्ने भएन र? डा. दोस्ती रेग्मी। ( Painting Indian Begger by Blake Carmichael)

Nothing is changed and everything is changed. -Dr. Dosti Regmi

Image
We are taught to seek happiness; but we are not taught to be happy. Ohhh! Nothing is changed and everything is changed. Seeking gives way to finding; and I happily found myself. I found myself happy! Dr. Dosti Regmi हुन त राम्रा आँखाले राम्रै दृश्य देख्ला, तर परेलामै अल्झेर के गर्नू ? सपनाको शहर त बन्द आँखाको पछाडि हुन्छ। - डा. दोस्ती रेग्मी

एउटा शुन्यको प्रतीक्षामा म शुन्य भएर बसेको छु। डा. दोस्ती रेग्मी

Image
पोखिइँनै नसक्नेगरी जमेर के गर्नु ? रित्तै गए त बरु भरिएर आउँला ! एउटा शुन्यको प्रतीक्षामा म शुन्य भएर बसेको छु, सबै सबै आदतलाई छोडेर; गुनासोको साहित्य र सान्त्वनाको अध्यात्मलाई मसानमा सेलाएर आएको छु। डा. दोस्ती रेग्मी।

तिम्रो सौन्दर्य र सुखानुभूतिले म मर्माहत भएको छु। डा. दोस्ती रेग्मी

Image
तिम्रो सौन्दर्य  र सुखानुभूतिले म मर्माहत भएको छु। काकाकुल घाँटीमा अमृतको पहिलो बुँद नै सर्केझैँ भएको छु। डा. दोस्ती रेग्मी (Clay sclupture : Martin Lutherius)

दु:खबाट पनि के भाग्नु? डा. दोस्ती रेग्मी

Image
दु:खबाट पनि के भाग्नु? एउटा दु:खबाट भाग्नु भनेको अर्को दुःखमा ठोकिनु न हो। डा. दोस्ती रेग्मी (Painting inspired from the girl with pearl earring by Johannes Vermeer and repainted by Gurdish)

जिन्दगी अद्भुत छ। डा. दोस्ती रेग्मी

Image
जिन्दगी अद्भुत छ। यसको बारेमा जे भनेपनी गलत हुनु नपर्ने सहुलियत छ। डा. दोस्ती रेग्मी। (Painting: Mona Lisa by Leonardo Da Vinci)

शून्यता ( पारमिता उपन्यास अंश) डा. दोस्ती रेग्मी ।

Image
शून्यता  त्यसवर्ष सिल्भिया पदयात्राका लागि लाङटाङ पुगेर आउनुभएको  रहेछ । हरेक पदयात्रामा राजु दाइले  नै  उहाँलार्ई साथ दिनुहुन्थ्यो  । राजु दाइकै  फे सबुकबाट मै ले  सिल्भिया ने पालमै  भएको  थाहा पाएको  थिएँ ।  सिल्भियालाई भेट्न म बुढानीलकण्ठको  पार्क भिलेज रिसोर्टमा गएँ । उही हिउँजस्तो  सेतो  कपाल र आकाश जस्तो  निलो  आँखा ।  सिल्भिया बाल्को नीमा बसेर कफी खाँदै  हुनुहुन्थ्यो  । शिवपुरी डाँडा माथिबाट बादलका झुण्डहरू ओरालो  लाग्दै  थिए । बगैँचामा लोखर्के हरू कुदि®हे का थिए । धुपीका रुखहरू स्वागतका लागि नमस्ते  गरे झैँ ठिङ्ग उभिइरहेका थिए । घाममा बाँकी रुखहरूका पालुवा र पातहरू ऐना जस्तै  टल्किरहेका थिए । त्यहाँको वातावरणले  एउटा ताजगी चारै तिर छरिरहेको  थियो  । लागिरहेथ्यो , म शीत हुँ र त्यो  सम्पूर्ण माहोल र परिवेश बिहान हो  ।  म सिल्भियाको  नजिक पुग्ने बित्तिकै  उहाँले  उठेर मेरो लागि बस्ने  कुर्सी अलिकति मिलाइदिनुभयो  । ...

आदत। - डा दोस्ती रेग्मी

Image
साथीले सोध्यो, तिमी रक्सी , चुरोट खान्छौ? मैले भनेँ- खाँदिन। उसले भन्यो- तिम्रो त कुनै आदतै रहेनछ। मैले भनेँ- आदत नराख्नु नै मेरो आदत हो नि। डा. दोस्ती रेग्मी। (Painting: "Jar of Addiction" by Gina Jrel)

म धेरै चोटि रुँदा रुँदै हाँसेको छु; जिन्दगीको हल्का मजाकलाई बुझेको छु। डा. दोस्ती रेग्मी।

Image
  म धेरै चोटि रुँदा रुँदै हाँसेको छु; जिन्दगीको हल्का मजाकलाई बुझेको छु। डा. दोस्ती रेग्मी। #cheerfulness  ( Painting: Democritus - Laughing philosopher)

अन्तिम सत्य दुईवटा मात्रै हुन्छ। -डा. दोस्ती रेग्मी

Image
  तिमी जे सुकै भन, अन्तिम सत्य दुईवटा मात्रै हुन्छ। एउटा तिमीले बुझेको सत्य; अर्को तिमीले बुझ्न बाँकी सत्य, जुन तिमीले बुझेको भन्दा फरक छ। एउटा तिमीले देखेको सत्य; अर्को तिमीले देख्न बाँकी सत्य, जुन तिमीले देखेको भन्दा फरक छ। एउटा तिमीले बाँचेको सत्य; अर्को तिमीले बाँच्न बाँकी सत्य, जुन तिमीले बाँचेको भन्दा फरक छ। डा. दोस्ती रेग्मी। ( Painting : Two sides of a human coin ; By Sidharth Mohan)

म तिम्रै गुलाब र सुनाखरी फुलिरहेको हुन्छु। डा दोस्ती रेग्मी

Image
म तिम्रै गुलाब र सुनाखरी फुलिरहेको हुन्छु। तिमी एक दिन पारिलो घाम लिएर आयौ, तिमी अर्को दिन शीतल छहारी लिएर आयौ; तिमी एक दिन चमेलीको सुबास लिएर आयौ, तिमी अर्को दिन रोजमेरीको बास्ना लिएर आयौ; तिमी एक दिन गुलाब लिएर आयौ, तिमी अर्को दिन सुनाखरी लिएर आयौ । तिमी आजभोलि भने आउनेजाने गर्नै छाड्यौ... तर पनि अचेल भरि म; तिम्रै यादको गहिराईमा नुहाईरहेको हुन्छु; तिम्रै चमेली र रोजमेरी बसाईरहेको हुन्छु; तिम्रै गुलाब र सुनाखरी फुलिरहेको हुन्छु। डा. दोस्ती रेग्मी।

भएको अलिकति बचपना र पागलपन पनि लिलाम भएपछि.... डा दोस्ती रेग्मी

Image
मैले बुद्धलाई हौसाउँदै सोधेँ:  "अब अर्को जुनि नलिने?" बुद्धले बडो नमज्जा मान्दै भने : "भएको अलिकति बचपना र पागलपन पनि लिलाम भएपछि, अब जिउनुमा कुन रस रह्यो र ? "

सधैँ चालू रहने नाटक आज बन्द भएछ । डा. दोस्ती रेग्मी।

Image
सधैँ चालू रहने नाटक आज बन्द भएछ ; एक हुल मान्छे जम्मा भएपनि; आज रङ्गमञ्चको पर्दा जलेछ। डा. दोस्ती रेग्मी।

तिमीलाई तिमीसम्म पुर्याउन कुनै बाटो चहिन्छ र? डा दोस्ती रेग्मी

Image
तिमीलाई तिमीसम्म पुर्याउन कुनै बाटो चहिन्छ र? एउटा स्वतन्त्र मान्छेले फेरि स्वतन्त्रता नै खोजे बन्धनमा पुग्दैन र? -डा दोस्ती रेग्मी (Painting : " Center Stage" by Deborah Nell)

बस् खुसी हुनु ! डा दोस्ती रेग्मी

Image
  तिमी राम्रो र असल बन्ने कोशिस नगर्नु; बस् खुसी हुनु ! खुसी मान्छेबाट नराम्रो कहिल्यै हुँदैन । डा. दोस्ती रेग्मी।

सत्य त सजिलो र सरल हो। डा. दोस्ती रेग्मी।

Image
  सत्यलाई पाउन गर्हो छ भन्छन् ; जे पाउन गर्हो छ, त्यो सत्य होइन। आफ्नो भ्रमलाई सत्य सबित गर्न खोज्नु पो गार्हो हो। भ्रमलाई हटाउन पो गार्हो हो। सत्य त सजिलो र सरल हो। डा. दोस्ती रेग्मी (Painting "The Truth" by Shivani Goel)

म त्यो कठोर र क्रुर मान्छे हुँ, जसले कोमल हुने प्रयत्न गर्यो .... डा दोस्ती रेग्मी

Image
  म कोमल मान्छे होइन; म त्यो कठोर र क्रुर मान्छे हुँ, जसले कोमल हुने प्रयत्न गर्यो .... I am not a soft person; I am a harsh and ruthless person who chose to be soft. -Dosti Regmi (Painting: " I am a brutally soft woman" by Mays Almoosawi )

यहाँ पल पल रोकिइँनुपर्छ, आफैँलाई कठ्घरामा राखेर आफैँलाई प्रश्न सोधिरहनुपर्छ। डा. दोस्ती रेग्मी

Image
  अरुण थापाहरु त गाउँछन् - " बित्नलाई बितिदिन्छ , एकोहोरो जिन्दगानी ।" तर, जिन्दगी त्यति सस्तो पनि त होईन बिताउनको लागि, यहाँ पल पल रोकिइँनुपर्छ,  आफैँलाई कठ्घरामा राखेर आफैँलाई प्रश्न सोधिरहनुपर्छ। डा. दोस्ती रेग्मी ।

जसले शब्दशब्दमा तिमीलाई रोक्छ र सोच्न बाध्य बनाउँछ, त्यो साहित्य हो। डा. दोस्ती रेग्मी

Image
  जो सलल बग्छ त्यो साहित्य होइन; त्यो आदत हो। जसले शब्दशब्दमा तिमीलाई रोक्छ र सोच्न बाध्य बनाउँछ, त्यो साहित्य हो। -डा दोस्ती रेग्मी

अचेल कोमल कुराहरुले त्यति छुँदैन मलाई। -डा दोस्ती रेग्मी।

Image
  अचेल कोमल कुराहरुले त्यति छुँदैन मलाई; जिन्दगीका कठोर सुन्दरताहरुको अनुरागी जो बनेको छु। -डा दोस्ती रेग्मी। (Painting: Scene of the deluge, 1827 by Joseph Deseire)

तिमीले कहिल्यै उत्तर नखोज्नु; बस् आफ्नो प्रस्न सुधार्नु। - डा. दोस्ती रेग्मी

Image
ब्रह्मान्डसङ्ग सबै प्रश्नको उत्तर हुन्छ; तिमीले जे खोज्छौ, त्यही पाउँछौ। त्यसैले तिमीले कहिल्यै उत्तर नखोज्नु; बस् आफ्नो प्रश्न सुधार्नु। - डा. दोस्ती रेग्मी # जिनखोजातिनपाया ( Painting  : "The universe is my playground" by Dariusz Orszulik)

सडकमा रातो बत्ती बलिरहोस् झै लाग्छ। डा.दोस्ती रेग्मी

Image
सडकमा रातो बत्ती बलिरहोस् झै लाग्छ; अनपेछित ठाउँमा विश्राम लिइराखौँ झैँ लाग्छ। यो मास्क नलगाउँ झैँ लग्छ; मास्क पछाडिको हँसिलो अनुहार नलुकाउँ झैँ लग्छ। - डा. दोस्ती रेग्मी

जंगली काँडालाई कसैले तिखार्नु पर्दैन। डा दोस्ती रेग्मी

Image
जंगली फुललाई कसैले रङ्ग पोत्नुपर्दैन; जंगली काँडालाई कसैले तिखार्नु पर्दैन। तिमी जे छौ, सहि छौ; राम्रो बानाउने निहुमा कसैले तिमीलाई नराम्रो बनाउनुपर्दैन। डा. दोस्ती रेग्मी #celebrateyourself

दु:खको रोम जति जले पनि, निरो जसरी तिमीले पनि आफ्नो बसुरी बजाइरहनुपर्छ। डा दोस्ती रेग्मी

Image
तिम्रो दु:ख दुनियाँलाई मजाक हुन्छ। तिमी गलत र दुनियाँ सहि पनि हुनसक्छ; एकै छिन आफ्नै दु:खमा हाँसेर हेर । दु:खले मुटुलाई  जलाएर , मनलाई डढाए पनि, आत्माको शीतल कायमै हुन सक्छ। दु:खको रोम जति जले पनि, निरो जसरी तिमीले पनि आफ्नो बसुरी बजाइरहनुपर्छ। डा. दोस्ती रेग्मी  

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी

Image
  हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ; के भुल गर्यौ जसले तिमीलाई मन्दिर कुदाइरहेछ। के कोर्न सक्थ्यौ सलाइँको काँटी; हिजोको झरीले तिम्रो दियो निभाइसकेछ। - डा. दोस्ती रेग्मी । (Painting: " Drunk on love" by Alica Ciuciu)

मन्दिर परिसरका देउताहरुलाई हेर्छु । डा. दोस्ती रेग्मी

Image
 मन्दिर परिसरका देउताहरुलाई हेर्छु ।   डा. दोस्ती रेग्मी मन्दिर परिसरका देउताहरुलाई हेर्छु ।    देउताको पनि त दुस्मन हुँदो रहेछ; देउता दानव बध गरिरहेछन्। देउताको पनि त घरबार हुँदो रहेछ; अर्धाङिनीसङ्ग मायलु समय ब्यतीत गरिरहेछन् । देउता पनि त एक्लो हुदोरहेछ; धुम्धुम्ती ध्यानमा बसिरहेछन्। डा. दोस्ती रेग्मी

आफुले टेक्नुपर्ने धर्ती पत्थर होइन मखमल बनाउनुपर्छ । डा दोस्ती रेग्मी।

Image
 सन्झनाको डोरी बाटेर, कल्पनाको पिर्का राखेर, सपनाको पिङ्ग मा जति मच्चिए पनि, आफुले टेक्नुपर्ने धर्ती पत्थर होइन मखमल बनाउनुपर्छ । - डा दोस्ती रेग्मी । (Painting acknowledgement :  "The swing" by Fragonard )

Man is a heap of finitude. Dr. Dosti Regmi

Image
Man is a heap of finitude. He should be appreciated for how he deals with adversity not prosperity. He should be appreciated for how he deals with nothingness, scarcity, misery and loneliness rather than abundance, happiness and togetherness. Dr. Dosti Regmi

हजुरको शुभनाम के होला ? - डा दोस्ती रेग्मी

Image
  उसले सोध्यो; "हजुरको शुभनाम के होला ? " मैले भनेँ ;  " थाहा छैन यो शुभ हो या अशुभ, मेरो त एउटै नाम छ - दोस्ती । " - डा दोस्ती रेग्मी

अब आफैंलाई सम्झिँदै छु । डा. दोस्ती रेग्मी

Image
  आधी जिन्दगी अरुलाई सम्झिँदै बित्यो; आधी जिन्दगी आफुलाई बिर्सिँदै बित्यो; अब आफैंलाई सम्झिँदै छु । (सेल्फ रिमेम्बरेन्श) डा दोस्ती रेग्मी

तिमी यति कोमल भएर हिँड्यौ। डा. दोस्ती रेग्मी

Image
तिमी यति कोमल भएर हिँड्यौ, यस्तो लाग्यो, त्यो पाउले यो छातिलाई टेकेर हिँडे पनि, मलाई सिमलको भुवाले छोए जस्तै हुनेछ । डा. दोस्ती रेग्मी

हजारौं सम्भावनाहरु । - डा. दोस्ती रेग्मी

Image
हरेक दिन नयाँ हुन्छ, त्यो दिनलाई पनि पुरानो सोच र तौरतरिकाले बाँच्नु  भनेको, हजारौँ सम्भावनालाई तिरस्कार गर्नु हो। डा. दोस्ती रेग्मी

हरेक दिन नयाँ हुन्छ । -डा. दोस्ती रेग्मी

Image
  हरेक दिन नयाँ हुन्छ, नयाँ दिनमा आफ्नो नयाँ सोच र सार्थक कर्मको लाहा छाप ठोकेर अगाडि बढ्नुपर्छ । ताकि, पछाडि फर्केर त्यो दिनलाई हेर्दा सोच्न नपरोस्, खोइ त्यो दिन कस्ले बिताइदिएछ, खोइ त्यो दिन कसरी बितेछ । -डा. दोस्ती रेग्मी