कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी
कविता र जिन्दगी ।
साथीले भन्यो -
पहिले उपान्यास लेख्यौ, अहिले कविता लेख्न थालेछौ ।
मैले भनेँ -
उपन्यास ब्यायम हो ; कविता ध्यान हो ।
उसले भन्यो -
कविता छोटो र गहिरो हुन्छ ।
मैले भनेँ -
जिन्दगी पनि छोटो र गहिरो हुन्छ ।
डा. दोस्ती रेग्मी
(Painting : The wanderer above the sea of fogs by Caspar David Friedrich)
.jpeg)

Comments
Post a Comment