दुखी आत्माहरु - डा दोस्ती रेग्मी

दुखी  आत्माहरु



उँट काँडाहरु चबाएर बस्छ ।

स्वाद काँडाहरुमा  हुदैन 

स्वाद त त्यो रगतमा हुन्छ 

जुन उसको मुखमा काँडाहरुले बनाउने घाउबाट बग्छ।

उँट काँडाहरु चबाएर बस्छ ।


दुखी  आत्माहरु आफ्नै घाउहरुमा रमाएर  हिँड्छन्।

सुख कतै  भेटिन्छ कि भनेर  छलेर हिँड्छन्।

सुख कतै  देखिन्छ कि भनेर  बत्ती निभाएर हिँड्छन्।

दुखी  आत्माहरु आफ्नै घाउहरुमा  रमाएर  हिँड्छन्।






- डा. दोस्ती रेग्मी

(Picture : Melancholy woman; Pablo Picasso)

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी