शून्यको धुन। डा. दोस्ती रेग्मी



मलाई शून्यको धुन मिठो लाग्छ;

बाँस भित्रको शून्यबाट बाँसुरीको धुन निस्केजस्तो;

नलेखिएको गीत,

नसुनिने गरी,

नदेखिइने मान्छेले गाए जस्तो,

तर मैले बुझेजस्तो।




Comments

Post a Comment