घर
बच्चाहरू अक्सर घर बाहिर गइरहन्छन् ।
कहिले प्रितिकर कुरा भेट्छन्,
फुरुङ्ग भएर फर्किन्छन्।
कहिले अप्रितिकर कुरा भेट्छन्,
दुखी भएर फर्किन्छन् ।
घर फर्केपछि दुवैजना दुवै थोक भुल्छन्,
खुसी हुन्छन्,
बराबरै खुशी हुन्छन्,
बच्चाहरू अक्सर घर बाहिर गइरहन्छन्
अज्ञानी भएर फर्किन्छन्।
बच्चाहरू घर फर्किन्छन्,
ज्ञानी हुन्छन्।।

Comments
Post a Comment