आजको यो साँझ - This evening

 





आजको यो साँझ

आजको यो साँझ
साँझकै रूपमा बिताऊँ।

यहाँ समाचार नथपौँ,
दुनियाँका हल्ला र हलचल
यही ढोकाबाहिर छोडिदिऊँ।

रक्सीको प्याला नथपौँ,
क्षणभरको बिर्साइको सहारा नखोजूँ,
यसै चेतनाको स्वादमा
मस्त भई बसूँ।

हिजो नथपौँ,
पुराना घाउ र पश्चात्तापहरू
फेरि नकोट्याऊँ।

भोलि नथपौँ,
आशा र चिन्ताका अधुरा महलहरू
अहिले नबनाऊँ।

पर्सि पनि नथपाऊँ,
अझ नआएका दिनहरूको भार
यो साँझमाथि नबिसाऊँ।

कथा नथपौँ,
कविता नथपौँ,
शब्दहरूले पनि
यस मौनतालाई नढाकौँ।

सङ्गीत नथपौँ,
हावाको सुस्केरा,
टाढाको चराको पुकार,
र आफ्नै श्वासको लय
पर्याप्त छन्।

आजको यो साँझ
साँझकै रूपमा बिताऊँ।
आकाशलाई आकाश हुन दिऊँ,
तारालाई तारा हुन दिऊँ,
अँध्यारोलाई बिस्तारै ओर्लिन दिऊँ।

म पनि
कुनै भूमिका, कुनै परिचय,
कुनै सफलता वा असफलता बिना,
केवल
यही साँझजस्तै
साँझमै
रहिदिऊँ।

English Translation

This Evening

Let this evening
be spent simply as an evening.

Let me add no news,
leaving the noise and commotion of the world
outside this door.

Let me add no glass of wine,
seeking no brief refuge in forgetfulness;
instead, let me sit quietly,
intoxicated by the taste of awareness itself.

Let me add no yesterday,
not reopening old wounds
or lingering regrets.

Let me add no tomorrow,
not building unfinished palaces
of hope and worry.

Let me add no day after tomorrow either,
not placing the burden of days yet to come
upon this evening.

Let me add no stories,
no poems;
let not even words
cover this silence.

Let me add no music.
The whisper of the wind,
the distant call of a bird,
and the rhythm of my own breathing
are enough.

Let this evening
be spent simply as an evening.

Let the sky be sky,
let the stars be stars,
let the darkness descend gently.

And let me, too—
without role or identity,
without success or failure—
simply remain,

like this evening itself,

fully within the evening.



Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी

The Heart Sutra ( prajna-paramita): English translation.