समभाव Equanimity
बुद्ध,
म कसरी समभाव राखौँ,
प्रिय र अप्रियप्रति?
यदि समभावमै अल्झिरहेको भए,
किन ढुङ्गाको अँध्यारो कापबाट उज्यालो खोज्दै उम्रन्थ्यो होला यो पिपल?
माटो खोज्दै किन फैलाउँथ्यो होला जराहरू यति पर-परसम्म?
म पिपलमा आफैँलाई देख्छु,
आफैँमा पिपललाई देख्छु,
तिमीलाई देख्छु,
उनलाई देख्छु।
Buddha,
How do I maintain equanimity
Toward the pleasant and the unpleasant?
If it were content in mere equanimity,
Why would this Pipal tree sprout from the dark crevices of stone, seeking the light?
Why would it stretch its roots so far and wide, searching for soil?
In the Pipal tree, I see myself,
Within myself, I see the Pipal tree,
I see you,
And I see them.
Comments
Post a Comment