सन्ध्याको लाली and other poems

 




श्रिङ्गारको आयु छोटो हुन्छ भन्छन।
हेर्दा हेर्दै सन्ध्याको लाली,
खरनी भएछ।


सङ सङै यात्रामा हिंडेको मान्छे ,

आज मैसङ  रिसाएको छ।

सपना, गन्तब्य , र बाटो सबै दियौ,

तर माया दिएनौ भन्छ।


Love is libricant in the path of mindfulness.

 

Soften, soothen, and allow.....



It's not about problems and solutions; they come and go. What's important is how you process and deal with it. What relation do you maintain with them?   It's no philosophy. It's art. You cannot learn without practice. 2026 for practice and not learning.


 

मेरो दाहिने मुहारमा सुख रमाउँछ।

देब्रे मुहारमा दुख रिसाउँछ।

जिन्दगीको प्राण ,

नाकको फोरामा

केही सुसाइरहन्छ।।




यात्रा  गर्दागर्दै गन्तब्यलाई बिर्सेर हेर,

नजराना कति सुन्दर छ।

सोचाइलाई एकै छिन बेवास्ता गरेर हेर,

हर स्वासमा कस्तो महक घुलेको छ।।



कति यहि थोत्रो दिमागले सोचौं ?

आज बरु सोचौं  न ,

अलिकती बच्चाले बनेर,

अलिकती कलाकारले बनेर,

अलिकती बुद्धले बनेर।।


यो हर दिन नयाँ  सन्सार लाई

कति पन्छाई रहुँ , अभ्यस्त जस्तो नाटक गरेर ?

आज बरु हेरौँ न,

धर्तीलाई आकास बनेर,

फुललाई जुन बनेर,

मान्छेलाई देउता बनेर।।


Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी