माइन्ड्फुल इटिङ

माइन्ड्फुल इटिङ




धनियाका पातहरु,
आँख्ला आँख्ला र पात पातहरुमा
कस्तो ज्यामिती मिलेको छ।
कस्तो मिठो  सुबास त्यसको।
आमाले गोलभेँडाको आचार बनाउँदा,
दुगुर्दै बारीमा धनिया टिपेको याद आउँछ।

झरी र हावामा कस्तरी हल्लिएका थिए होलान् ,
यी सागका पातहरु ।
घामिलो खेतमा,
कस्तरी झुलेका थिए होलान् धानका सुनौला बालाहरु।

बथान का बथान कस्तो मिठो कोरस गाउँथे होलान् ,
चल्ला र कुखुराहरु।
दुगुर्दै गएर सबैलाई पछाडी पार्दै,
उसैको टुप्पोले गँडेउला टिपेथ्यो होला।
उ आफ्नो टिमकै ट्यालेन्ट र स्माट थियो होला।
आज म उसकै हार्ड बोइल्ड आन्डा खाइरहेछु।
आझै कर्णालीमा मान्छे भोकै छन् ।
के म पनि ट्यालेन्ट र स्माट भएछु?

बर्षामा यी घिरौँलाका टुप्पाहरु बाट,
टप्प टप्प पानी चुहिन्थ्यो होला।
बजारमा किन्दा एउटै दाग थिएन,
किसानले कति मायाले हुर्क्याएको थियो होला।

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी