स्पर्श - दोस्ती रेग्मी
उनको न्यानोले मेरो मन नौनी झैं पग्लिएपछि,
उनको सबै प्याला मै माथि रित्तिएपछि,
हामी एउटा गहिरो मौनमा प्रबिस्ट भएका छौँ।
हाम्रो खबर कसैलाई लिनु छ भने,
बसन्तका हरिया पलुवालाई सोध्नू।
फक्रेका फुललाई सोध्नू।
बिहानीको शितको बुँदलाई सोध्नू।
घामको रक्तिम सिउँदो लगाएको,
नवयोवना हिमालको तरुण वयलाई सोध्नू।
Comments
Post a Comment