स्पर्श - दोस्ती रेग्मी



उनको  स्पर्शले मलाई सर्वाङ्ग छोएपछि,
उनको  न्यानोले मेरो मन नौनी झैं पग्लिएपछि,
उनको सबै प्याला मै माथि रित्तिएपछि,

हामी एउटा गहिरो मौनमा प्रबिस्ट भएका छौँ।

हाम्रो खबर कसैलाई लिनु छ भने,
बसन्तका हरिया पलुवालाई सोध्नू।
फक्रेका फुललाई सोध्नू।
बिहानीको शितको बुँदलाई सोध्नू।
घामको रक्तिम सिउँदो लगाएको,
नवयोवना हिमालको तरुण वयलाई सोध्नू।

Painting:The abduction of Psyche by William-Adolphe Bouguereau, 1895.

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

The Heart Sutra ( prajna-paramita): English translation.

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी