Happiness drop by drop
The little girl was
feeble, fragile, and wounded.
I made her swallow the bitter medicine,
something bitter than life.
Because I had bribed her with a cracker,
She gulped it with a grim face,
Then reached for the cracker, with a cute little smile and joy.
Happiness does not shower upon us.
It just leaks,
From tiny little cracks, wounds, and holes,
often the most neglected ones.
And it leaks drop by drop.
We have to be ready with our pitcher.
And gather it drop by drop.
म जेसङ भागेर आएँ,
त्यो त्यति असह्य पनि थिएन ।
जहाँ म यति ढिला आएँ,
यो त्यति टाढा पनि थिएन ।।
जिन्दगी आफैमा यस्तो जीत रहेछ,
जसको बारेमा योद्धालाई पत्तै थिएन ।
त्यसैले हरेक पल्ट उ जित्न निस्किन्थ्यो,
हारेर फर्किँदो रहेछ।।
Where I came so late.
What I came running from,
It wasn't that unbearable.
Where I came so late,
It wasn't that far either.
Life itself is such a victory,
Which the warrior didn't know about.
That's why every time he went out to win,
He came back defeated.
कति सोच्थेँ जिन्दगीले झुक्यायो भनेर।
आज बुज्दै छु, जिन्दगीले सिकाउँदै रहेछ।।
पतझडको बीचमा पनि एक्लो हरियो उभिन्छ।
माटो र मौसम भन्दा बीउ फरक चाहिन्छ।।
धेरै बुझेपछि,
मान्छे पनि बालक हुँदो रहेछ।
बाबाजी त्यस्तै हुनुहुन्थ्यो।
उहाँले गुफामा बसेर शुन्यको ध्यान गर्नुभयो।
पहाडमा बसेर आकाश हेर्दै अनन्तको ध्यान गर्नुभयो।
मान्छेले जे कुराको ध्यान गर्छ,
त्यस्तै हुँदोरहेछ।
बाबाजी शुन्य देखि अनन्तसम्म हुनुभयो।
केहि नभएर पनि सबथोक हुनुभयो।
तिमी,
अनायास एउटा मिठास लिएर आउनू।
थाकेको परेलीमा निदरी बनेर आउनू।
डढेलोको बीचमा झरी बनेर आउनू।
कुर्दा कुर्दा बूढो हुन सक्छु म,
तिमी नौलो बिहानी र जवानी लिएर आउनू।
म आफैलाई रित्याई,
शुन्य, शुन्य बनेर कुरिबस्ने छु;
तिमी मेरा सबै कुना कुनामा अटाउने गरी आउनू।।
मन,
अलिकति सजिलोमा चन्चल भैदिन्छ।
अलिकति असजिलोमा चिन्तित भैदिन्छ।
मन,
अलिकति शान्त तलाउ बनेर त हेर।।
सधैं सधैं मसङै,
म जस्तै एउटा मान्छे हिँडिरहन्छ।
म हाँस्दा पनि ऊ मुस्कुराईरहन्छ।
म रुँदा पनि ऊ मुस्कुराईरहन्छ।
म
झर्कँदा पनि ऊ मुस्कुराईरहन्छ।
म बोर हुँदा पनि ऊ मुस्कुराईरहन्छ।
उसले मेरा सबै कुराहरू सुन्छ,
न त सहमत हुन्छ, न त बिमती नै राख्छ।
ऊ मात्र मुस्कुराईरहन्छ।
उसलाई मेरा सबथोक थाहा छ।
यति सङै भएर पनि,
मलाई ऊ बिरानो लाग्छ।
ऊ भने मलाई,
"म त तिम्रो, तिमी आफै भन्दा पनि नजिकको मान्छे" पो भन्छ।
कहिलेकाहिँ,
पट्यार लाग्दो कथालाई
दोहोर्याई, तेहेर्याई पढाईदिन्छ जिन्दगी ।
कहिलेकाहिँ,
नयाँ
पन्नामा, नयाँ कलमको, नयाँ मसी जस्तै,
मग्मगाईदिन्छ जिन्दगी ।।

Moment unfolding itself.
Let the coming moment take care of itself.
Let the bygone moment take care of itself.
Just witness,
How the present moment is taking care of itself,
Unfolding itself, and
Revealing itself.
Comments
Post a Comment